बागलुङको रिठापाठामा जीप दुर्घटना हुँदा चार घाइते, एकको अवस्था गम्भीर



रबिना बोहरा
बागलुङ
– काठेखोला गाउँपालिका–५ बिहुँ कर्लिमबाट बागलुङ बजार आउँदै गरेको जीप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा जिपमा सवार ४ जना घाइते भएका छन् । सोमबार बिहान साढे ९ काठेखोला गाउँपालिका–६ रिठापाटामा ग १ ज ६६४६ को जीप सडकदेखि करीब १० फिट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो ।

घाईते मध्ये १ जनाको अवस्था गम्भीर रहे पनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ । घाइते हुनेमा सुमन कँडेल, अर्जुन सुवेदी, सन्तोष कँडेल र सन्दीप सापकोटाको रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com