कलाकार गणेश मुनालको निधन



प्रकाशित मिति : Jan 21, 2019

काठमाडौँ । सोमवार बिहान वरिष्ठ कलाकार गणेश मुनालकाे वीर अस्पतालमा निधन भएको छ । दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका मुनालको पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदैछ ।

एक छोराका पिता रहेका स्वर्गीय मुनाल काठमाडौं माहांकालमा स्थायी बसोबास गर्दै आएका थिए ।
उनी अभिनीत नयाँ फिल्म ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले ‘लभ लभ लभ’, ‘एक पल’, ‘सेतो बाघु’, ‘शिरीषको फूल’, ‘दिदी भाई’, ‘मिस्टर डन’ लगायतका फिल्ममा अभिनय गरेका छन् । चलचित्र तथा नाटकमा अभिनय गरेका मुनालले लामो समय हास्य व्यङग्य टेली श्रृंखला तीतो सत्य मा पनि अभिनय गरेका थिए ।

निकै लोभ लाग्दो अभिनय र वजनदार आवाजका धनी मुनाललाई श्रदाञ्जली दिन पशुपति आर्यघाटमा दर्जनौं चलचित्रकर्मीहरु पुगेका थिए । उनी दमका रागी रहेकाेबताइएकाे छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com