आफ्ना नेताकाे नाममा रहेका अस्पताल खारेज गर्न लागेकाे भन्दै प्रतिनिधि सभामा पनि का‌ंग्रेसकाे अवराेध



प्रकाशित मिति : Jan 21, 2019

काठमाडाैँ । आजकाे प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले अवराेध गरेका छन् । चिकित्सा शिक्षा विधेयककाे विषयलाई लिएर का‌ंग्रेस सा‌ंसदहरुले सदन अवरुद्ध गरेका हुन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा नै कांग्रेस संसदीय दलका उपनेता समेत रहेका सांसद विजयकुमार गच्छदारले समय मागेर बोल्नुभएको थियो । उहाँले कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामबाट स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको आरोप लगाउनुभयो । डा गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग नेता गच्छदारले राख्नुभयो ।

साे बैठकमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विधेयक पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेकाे थियाे । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची थियाे ।

कांग्रेसले आजको बैठकमा गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषयमा असन्तुष्टि जनाउँदै अाएकाे छ । डा केसी र सत्तापक्षबीच केही विषयमा विमति देखिएको छ । यसलाई केसी पक्षले सहमति उल्लंघनका रूपमा कांग्रेसले व्याख्या गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com