केन्द्रीय कारागारमा चिसो र राेगका कारण १३ कैदीबन्दीको मृत्यु



प्रकाशित मिति : Jan 21, 2019

काठमाडौँ । देशकै ठूलो केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु भएको छ ।कारागार अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा भगतलाल श्रेष्ठका अनुसार कारागार भित्रको चिसो र विभिन्न रोग लागेर यो वर्षमा १३ कैदीबन्दीको मृत्यु भएको हो ।

रुघा, खोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग र बूढाबूढी कैदीबन्दी भएका कारण मृत्यु भएको श्रेष्ठले बताए । कारागार अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई रोगको प्रकृति हेरेर वीरअस्पताल, शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पतालमा पठाउँदै आएको डा श्रेष्ठको भनाइ छ ।

विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा विसं २०२० तिरबाट कैदीबन्दीको निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको हो । केन्द्र, भद्र र महिला जेल भएको केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com