फूलचोकी जंगलमा हराएका एक युवक र दुइ युवतीको उद्धार



प्रकाशित मिति : Jan 21, 2019

काठमाडौँ । प्रहरीले आइतबार दिउँसो फूलचोकी जंगलमा घुम्न गएर हराएका तीनजना व्यक्तिको उद्धार गरेको छ । ललितपुर जिल्लाको गोदावरी नगरपालिका–३ स्थित फूलचोकी जंगलमा घुम्न गएका तीन जना हराएको सुचनाका आधारमा प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएको ९ जनाको प्रहरीे टोलीले तीनै जनाको उद्धार गरेको हो ।

उद्धार भएकामा नुवाकोट स्थायी घर भएकी १७ बर्षिया मुस्कान तामाङ, १८ बर्षिया मल्लिका तामाङ र महोत्तरी स्थायी घर भएका १९ बर्षिय अभिलेख प्रसाद शाह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरी टोलीले गोदावरी बसपार्कबाट अन्दाजी ९ किलोमिटर दक्षिण पूर्वमा पर्ने जंगलको बीच खोचबाट उद्धार गरेको हो ।

गत पुस २८ गते पनि फुल्चोकी जंगल घुम्न गएका १६ जना किशोर/किशोरीलाई उद्धार गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com