
चीन । चिनियाँ टेलिभिजनको विक्रीमा गिरावट आएको छ ।
सन् २०१७ को तुलनामा सन् २०१८ मा ८.६ प्रतिशतको दरमा कमी आएको तथ्याङ्क सेवा प्रदायक संस्था (एभीसी) जनाएको छ । गैरसरकारी अध्ययनका अनुसार प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको छ ।
टेलिभिजनविक्रीबाट भएको औषत आम्दानीमा पनि नौ प्रतिशतको गिरावट आएको संस्थाले जनाएको छ । सन् २०१८ मा चीनले जम्मा १६ करोड टेलिभिजनउत्पादन गरेको थियो भने उत्पादित टेलिभिजनमध्ये ७० प्रतिशत टेलिभिजन विदेश निर्यात भएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै सन् २०१८ मा निर्यात भएका टेलिभिजनको सङ्ख्या ९७ करोड ३२ लाख रहेको थियो ।