६ माघ २०७५, आईतवार
  • पवन

काठमाडाै‌‌ । नेपालमा खनिजको प्रचुर सम्भावना रहेको छ । २३ प्रकारका धातु र ४० प्रकारका अधातु खनिज रहेको पाइएपनि व्यवसायीक उत्खननको प्रयास निकै कम रहेका छन् । अर्बौ रुपैयाँ आम्दानी गर्न सक्ने युरोनियम देखि सुन लगायत पेट्रोलियम पदार्थ नेपालमा रहेको अध्ययनले देखाएको छ । तर, उत्खननका लागि आवश्यक पहल हुन सकेको छैन ।

खनिज पदार्थको प्रचुर सम्भावना रहेको नेपालमा हाल १२ प्रकारका खनिज पदार्थ ९५ ठाउँमा उत्खनन भइरहेका छन् । उत्खननमा रहेका खनीमा चुनढुंगा, कोइला, फलाम, काइनाइट, म्याग्नेसाइट, मार्बल, क्वार्ज, क्वार्जाइट, रेड क्ले, खरी, ट्रमालिन र जिंक रहेका छन् । यद्धपि यी व्यवसायीक रुपमा पर्याप्त छैनन् । अझै करिब एक अर्ब टन चुन ढुङगा, युरोनियम, सुन, प्लाटीनम, थोरियम, हीरा, रुबी सफायर तथा इमरल्ड र कोरण्डम जस्ता बहुमुल्य खनिज रहेको अध्ययन प्रतिवेदनले देखाएका छन् । नेपालमा हाल खनिज सम्भावित क्षेत्रमा पनि उत्खनन लागत भन्दा उत्पादन प्रतिफल कम हुने सम्भावित पूर्वअध्ययनले देखाएपछि विदेशी पूँजी आकर्षित हुन सकेका छैनन् ।

युरोनियम खनिज पदार्थका लागि सम्भावित क्षेत्रः
मकवानपुरको भंगाले
गोर्खाको पिपल गंगा
मुस्ताङको लोमाथाङ
बैतडी
शिवपुरी आसपास क्षेत्र

हालसम्म उत्खनन र नयाँ खोजतलास नविकरण खानी
आर्थिक वर्ष २०७३/७४ २०७४/७५ २०७५/७६ पौष अन्तिम सम्म
नयाँ खोज–७७ नयाँ खोज–११९ नयाँ खोज– ३५
खोजतलास नविकरण–२८७ खोजतलास नविकरण–२२६ खोजतलास नविकरण–२२३
उत्खनन–७ उत्खनन–१४ उत्खनन–३
पहिलेको नविकरण–११९ पहिलेको नविकरण–१०७ पहिलेको नविकरण–६४

१० वर्षभित्र खानी उत्खननमा एक सय अर्ब विदेशी तथा स्वदेशी पूँजी परिचालन गरी व्यवसायीक रुपमा खानी उत्खनन गर्ने सरकारी नीति छ । सरकारी लक्ष्य र आकांक्षा अनुरुप सरकारले खानी उत्खनन भने गर्न सकेको देखिदैन । खानी उत्खनन र प्रशोधनलाई व्यवासायी रुपमा अघि बढाउने सके मुलुकको समृद्धिको सपना पूरा हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV