
काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिले कारागार अनुगमन अभियान प्रारम्भ गरेको छ ।
अभियान अन्तर्गत हालै मुलुकका केही जिल्लाहरुमा अनुगमन समेत गरिसकेको मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिका महासचिव सुशील बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार दाङकै दुईस्थानमा त्यस्तै , अर्घाखाँची, नवलपरासी सुस्ता पश्चिम र संखुवासभा पुगेर हालसम्म ५ वटा कारागारहरुको गरिएको छ ।

अनुगमनको निष्कर्षका आधारमा कारागारहरुमा क्षमताभन्दा अत्याधिक बढी कैदी बन्दी रहेको पाइएकोले यसको प्रतिवेदन केन्द्रीय कार्यसमितिले २०७६ वैशाखमा सार्वजनिक गर्ने बताएको छ ।
त्यसैगरी मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न र सत्याग्रही प्राडा गोविन्द केसीको माग यथाशिग्र कार्यन्वायन गर्न माग गरेको छ ।

समाजको जारी अभियानका क्रममा विभिन्न स्थानबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । हालसम्म कास्की, धनकुटा, कैलाली, पाल्पा, सुर्खेत, संखुवासभा र चितवन लगायत अन्य १५ जिल्ला शाखाका प्रतिनिधिमण्डलले स्थानीय जिल्ला प्रशासन कार्यालय\इलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
हालसम्म १५ जिल्लाबाट ज्ञापनपत्र बुझाइसकेका छन् । अभियानका क्रममा २०७५ माघ ८ गते मंगलबार दिउँसो १ बजे संघीय संसद भवन अगाडि नयाँ बानेश्वरमा शान्ति समाजले धर्ना प्रदर्शन आयोजना गर्ने भएको छ ।