६ माघ २०७५, आईतवार

काठमाडौं ६ माघ । राष्ट्रिय चिकित्सा विधेयकको विरोधमा अनसनरत् प्राध्यापक डाक्टर गोविन्द केसीलाई आज आइसीयूबाट जनरल वार्डमा सारिएको छ । केसीको स्वास्थ्यमा सुधार आएपछि उहाँकै आग्रहमा जनरल वार्डमा सारिएको हो ।

केसीले आइसीयू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस् भनेर अन्यत्र सार्न आग्रह गरेअनुसार सारिएको उहाँको सहयोगीले बताएका छन् । केसीलाई चिकित्सकहरुले एन्टिवायोटिक दिँदै आएका छन् ।

आइसीयुमा उपचाररत् केसीको सेतो रक्तकोर्षीका न्यून भएको तथा मुटुको अवस्था सामान्य हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

LIVE TV