६ माघ २०७५, आईतवार

काठमाडौँ । आइतबार सेयर बजारमा परिसूचक नेप्से घटेको छ । बजारमा विक्रीचाप उच्च भएपछि परिसूचक नेप्से घटेको हो ।

सेयर बजारमा परिसूचक नेप्से ८.६० अंकले बढेर ११७९.१७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.६३ अंकले घटेर २४९.३८ अंकमा बन्द भएको छ । १४३ कम्पनीको ३६ करोड ४६ लाख ३८ हजार ७ सय ३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बजार खुलेको केहि समयमा सफ्टवेरमा देखिएको समस्याका कारण कारोबार प्रभावित भएको थियो । कारोबारमा आएका समुहमध्ये ब्यापार, होटल र फाइनान्स बाहेकका सबै समुह घट्दा परिसूचक नेप्से दवावमा परेको हो । आइतबार माथिल्लो तामाकोशिको सेयर कारोबार सबैभन्दा बढि भएको छ । बजारमा विभिन्न गिरोहले सुनियोजित रुपमा मूल्य बढाउने खेल भइरहेको बताइरहेका बेला मूल्यमा गिरावट आएको छ । कारोबार सुरु हुने वित्तीकै सर्किट ब्रेक लागेको तामाकोशिमा पछि गिरावट आएको हो ।

तामाकोशिको २३ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा बढि ६ प्रतिशतले कमाएका छन भने नागरिक लगानीकोष र माथिल्लो तामाकोशिका सेयरधनीले ६ प्रतिशत बढिले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV