६ माघ २०७५, आईतवार

काठमाडौं । भूकम्पले हल्लाइरहने र भत्काइरहने देशमा मानिन्छ जापान । भूकम्प अनि भूकम्प पछिको सुनामीले जापानको विकासमा चुनौती थप्दै आएको छ ।

तर जापानले घर तथा भवनहरु निर्माणमा पुर्याएको बुद्धिमताले भने विश्वकै लागि गतिलो सन्देश दिएको छ । जस्ता सुकै भूकम्पले भत्काउन नसक्ने भवन तथा घरहरु निर्माण गरेर जापानले प्रकृतिको कठोर प्रहार भूकम्पलाई पनि जिल्याउदै आएको छ ।

जापानको टोकियो , ओसाका र योकोहामा जस्ता ठूला शहरहरुमा आकाश नै छुने जस्ता गगनचुम्बी भवनहरु ठडिएको देख्न पाइन्छ । ति भवनहरु देख्दा लाग्छ यी भवनहरु मानिसहरुले बनाएको सबभन्दा आश्चर्यलाग्दा भवनहरु हुन् । जस्लाई कसैले हल्लाउन समेत सक्दैनन् ।

टोक्यो

जापानको शहरी जीवन यिनै गगनचुम्बी भवनहरु वरिपरी घुम्छन् । जापानमा बनाइएका यी गगनचुम्बी भवनहरु यसरी बनाइएका छन् कि यी भवनहरु भूकम्पसंगै हिडडुल गर्न सकुन । पछिल्लो दशकको कुरा गर्ने हो भने जापानमा सन् २०११ म आएको टोकहु भूकम्पलाई सबै भन्दा बढी विनाशकारी र शक्तिशाली मानिएको थियो ।

भूकम्प मैत्री देश


जापानलाई उदाउँदो सूर्यको देश भनिन्छ तर जापानलाई भूकम्प मैत्री देश भन्दा पनि केही फरक पर्दैन पनि । जापानमा दिनभर भूकम्पको झट्का महसुस भइरहन्छ । कतिपय समय त यी भूकम्पहरुले सन् २०११ को जस्तो विनाश लिएर आउने गर्छन ।

वास्तवमा जापानका चार द्धीप धर्तीको यस्तो स्थानमा अवस्थित छ । जस्लाई भूवैज्ञानिक भाषामा ‘प्यासिफिक रिङ्ग अफ फायर’ भनिन्छ । यो धर्तीको त्यो हिस्सा हो , जहाँ युरेशिया,फिलिपिन्स र प्रशान्त महासागरीय टेक्टोनिक प्लेट मिल्छन् । धर्तीको भित्री भागमा रहेको यो स्थान चलायमान भइरहन्छ ।

भूकंप

एउटा प्लेट अर्को प्लेटको तल्लो भागमा जाँदा धर्तीमा ठूलो दबाब उत्पन्न हुन्छ । जस्ले गर्दा चट्टानबाट ठूलो भारकोरुपमा धर्तीमा उर्जा निस्कने गर्छन । यो खासमा त्यो दबाबको असर हो । जो एउटा प्लेटले अर्को प्लेटमाथि दबाब बढाउने काम गर्छ । यहीबाट निस्कने दबाबको रुप हो भूकम्प । यस्मा यति शक्ति हुन्छ कि शहरहरु क्षणभरमा नै जमिनमा ढलिसकेका हुन्छन् ।

यसरी लगातार आउने भूकम्पले बारम्बार क्षति गरेपछि जापानका भवनहरु भूकम्प प्रतिरोधी बनाइए । टोकियो विश्वविद्यालयमा भवन सम्बन्धि इञ्जिनियरिङ अध्ययन गरिरहेका जुन सेटोको अनुसार जापानमा अस्थायी र साना भवनहरु पनि भूकम्पको धक्कालाई झेल्न सक्ने गरी निर्माण गरिएको हुन्छ ।

जापानमा भवन बनाउँदा इञ्जिनियरहरुले दुई वटा पक्षमा विशेष ध्यान दिने गरेका छन् । साना तथा आवाशीय घरहरु बनाउँदा होस या ठूलो गगनचुम्बी भवनहरु बनाउँदा पहिला भूकम्पको प्रतिरोधमा नै जोड दिइएको हुन्छ । घर तथा भवन निर्माण गर्दा भूकम्पले क्षति पु¥याएपनि मर्मत तथा पुनर्निर्माण गर्न सक्ने अवस्थालाई पनि उत्तिकै ध्यान पु¥याउने गरिन्छ ।

मर्मत तथा पुनर्निर्माणको सम्भावना नहुने गरि बनाइएको भवनहरुलाई खतरनाक मान्ने गरिन्छ । भूकम्पको जस्तोसुकै झट्का पनि झेल्न तयार हुने गरी भवनहरु निर्माण गरिएका हुन्छन ।

जापान

जापान सुनामीका लागि उत्तिकै खतरनाक मुलुक हो । सन् १९२३ मा आएको ७ दशमलव ९ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएको सुनामीले टोकियो र योकोहामा शहरलाई क्षतविक्षत पारेको थियो भने करीब डेढ लाख जापानी नागरिकको मृत्यु भएको थियो ।

टोकियोमा निर्माण गरिएको ‘स्काइट्री टावर’ विश्वकै दोस्रो अग्लो भवन हो । यस्को निर्माणमा जापानको परम्परागत प्यागोडा शैली र आधुनिक इञ्जिनियरिङको समिश्रण पाइन्छ । यस्का अलावा यो भवनमा भूकम्पको जस्तोसुकै झट्का पनि झेल्न सक्ने प्रविधिको प्रयोग गरिएको छ । तर डरलाग्दो पक्ष यो छ कि जापानमा भूकम्पले दिनानुदिन विराट रुप लिन थालेको छ । त्यसैले इञ्जिनियरिङका लागि पनि यो चुनौतीपूर्ण बन्दैछ ।

अहिलेसम्म कुनै पनि वैज्ञानिक तथा प्रविधिले भूकम्पको भविष्यवाणी गर्न सक्ने प्रविधिको विकास गर्न सकेको छैन् । यो नै आम विश्वका लागि गम्भीर चुनौती बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV