६ माघ २०७५, आईतवार
  • रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाको चम्पादेबी गाउँपालिका १० रानीवनमा एक किशोरको शव फेला परेको छ । लिखु गाउँपालिका र चम्पादेवी गाउँपालिकाको सिमाना साविकको रानीवन ३ घ्याङ्ले खोलामा अन्दाजी १६–१७ वर्षका देखिने एक किशोरको शव फेला परेको हो ।

मुख्य सडकखण्डबाट अन्दाजी २ सय मिटर तल शव फेला परेको स्थानीयवासी बिनोद गजुरेलले बताए । मृतक युवकको अनुहार छियाछिया भएकाले शव चिन्न मुस्किल परेको गजुरेलको भनाई छ । घटनाको प्रकृती हेर्दा युवालाई धारीलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने स्थानीयको अनुमान छ ।

युवाकको अनुहार नै नचिनीने हुनाले उनको हत्या गरी फ्याकेको हुनसक्ने अर्का स्थानीय देव तामाङले बताए । बाटो मुनि युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी घोराखोरीको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यलय ओखलढुंगा प्रहरी नावय उपरिक्षक पुष्पराज मल्लले भने जिल्लाबाट थप टोली परिचालन भैसकेकाले अनुसन्धानपछि मात्रै थाहा हुने बताए । घटना शनिबार राती भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV