६ माघ २०७५, आईतवार

जिडान्स्क । पोल्याण्डस्थित जिडान्स्कका मेयर पावेलको अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

शनिवार एडामोविक्जको श्रद्धाञ्जली सभाम हजारौं नागरिकको सभागिता रहेको थियो । त्रिपन्न वर्षीय अडामोविक्जको सोमबार हत्या भएको थियो ।

त्रिपन्न वर्षीय अडामोविक्ज झण्डै २० वर्षदेखि त्यस सहरको मेयर थिए । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरूको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“उनलाई विदा गर्नुपर्दा हामीलाई आफ्नै परिवारको सदस्यलाई सदाका लागि बिदा गरेजस्तै भएको छ,” स्थानीय एक बासिन्दा राफेल जन्कोवस्कीले भने ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV