‘रातो गलबन्दी’मा केकी र संगीतकार कोशिष क्षेत्रीको जोडी



प्रकाशित मिति : Jan 20, 2019

काडमाडौँ । अनिष थापाको निर्देशनमा चलचित्र ‘रातो गलबन्दी’बन्ने भएको छ । संगीतकार कोशिश क्षेत्री र नायिका केकी अधिकारीलाई मुख्य भुमिकामा राखी यो चलचित्रको निमार्ण हुन लागेको कुरा शनिबार  उर्लाबारीमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरिएको हो ।

कोशिश क्षेत्रीको यति मिठो स्वर, अन्तर्वार्तामै सुनाए दर्शकको लागि यति मिठो गीत

चलचित्रको छायांकन शनिबारबाट सुरु भएको छ ।चलचित्रमा नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेतको लगानी रहनेछ भने वुद्दि तामाङ, रमेश वुढाथोकी, अर्जुन गुरुङ, यज्ञवहादुर कटुवाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

किरण माइकलको पटकथा रहेको फिल्मको घोषणा सभामा लिड कलाकार भने उपस्थित थिएनन् ।चलचित्रले गाउँ र शहरको परिवेशलाई प्रस्तुत गर्नेछ । चलचित्रमा नवराज लम्साल, हिमाल कडरिया र दुर्गा बस्नेतको लगानी रहनेछ । 


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com