६ माघ २०७५, आईतवार

घोराही । यहाँ बिहीबारदेखि शुरु भएको नवाहज्ञान महायज्ञमा रु १२ लाख दान संकलन भएको छ ।

घोराही उपमहानगरपालिका– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामाविद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ श्रीमद्भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ’ आयोजना गरिएको हो ।

महायज्ञको तेस्रो दिनसम्म १२ लाख २६ हजार ६ सय ६ रुपैया दान संकलन भएको आर्थिक समितिले जानकारी दिएको छ । जसमा सर्वाधिक सामुदायिक महिला सेवा केन्द्रले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया दान गरेको छ । केन्द्रले महायज्ञको तेस्रो दिन शनिबार सो रकम दान गरेको हो ।

मुख्य वाचकमा बालयोगेश्वर महाराज रहेको महायज्ञमा संगीतमय कथा प्रवचन तथा झाँकी प्रर्दशन र धार्मिक नाटक हेर्न र सुन्नका लागि भक्तजनहरुको बाक्लो उपस्थिति रहने गरेको छ ।
विद्यालयको उद्धेश्यप्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक बुढाथोकीले सम्पूर्णमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV