५ माघ २०७५, शनिबार

काठमाडौं । न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ३२९ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कार्यक्रमको आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. साईवरहरुको धन्दा: नागरिकता, लाईसेन्स सवै नक्कली

काठमाडौँ । गोंगबु स्थित साइबर पसलमा आवश्यक सम्पूर्ण नेपाली कागजपत्र तयार गर्ने गरेको पाइएको छ । तयार भएको नेपाली नागरिकता,सवारीचालक अनुमती पत्र, शैक्षिक प्रमाण पत्र सबै सबै नक्कली हुन् ।

उग्रचण्डी साइबरमा नक्कली कागजपत्र बन्ने सूचना आएपछि न्युज २४ टेलिभिजनको सिधा कुरा जनतासंगका टिमले स्ट्रीङ अपरेशन गरेका हुन् । यसका सञ्चालक काभ्रेका विपिन श्रेष्ठले केहि छिन्मा नै कलेजको शैशिक प्रमाण पत्र तयार पारे ।

२. मकवानपुरको गाँउमा पोल र तार पुगेपनि बत्ती पुग्ने कहिले ?

मकवानपुर । मकवानपुरको मनहरी गाँउपालिका ४ स्थीत मसिने मुलखोला ज्यामिरेका स्थानीय अहिले उज्यालका लागी मट्टीतेलको सहारामा टुकी र दियालोको भरमा छन् ।

गाँउमा सात बर्ष अघि नै बिजुलका पोल तथा केहि वर्ष अघि ट्रान्समिटर पु¥याइएपनि १ सय ५० परीवारको घर भने अध्यारो मै भएको भन्दै स्थानीय सुक्र बहादुर ब्लोनले भाइबर मार्फत भिडियो गुनासो पठाएका छन् ।

३. गाई चोरी काटेर खाने गिरोह पक्राउ

काठमाडौँ । ललितपुर धापाखेलकी माया अधिकारीको कोठमा केहि दिन अघिसम्म ४ वटा गाई थिए । ति मध्य एउटा गाई एक साता अघि मात्रै इट्टामा काम गर्ने सुर्य लामा, तिर्थ लामा र पञ्ज लामा लगायतले मध्यरातमा गाई चोरेर काटेर खाइदिए । गाई चोरर खानेहरु धेरै भएकाले आफ्नो परीवारलाई आक्रमण गर्ने डरले अधिकारीले प्रहरीमा खबर गरेनन् ।

४. यातायात व्यवसायी संघको लापरवाहीले अस्पतालमा बास

सर्लाही । सर्लाहीका २५ वर्षीय रवि कुमार साह कार्तिक ३० गते मुक्तिनाथ दर्शन गरेर काठमाडौ फर्कीदै थिए । साथिहरुसँग स्कुटीमा काठमाडौ तर्फ आउँदै गरेकाउनलाई धादीङ नौबीसे नजिक ना ५ ख १९०८ ट्रकले ठक्कर दियो ।

घटनास्थलमा ट्रकले उनलाई करीब ५० मिटर सम्म लछारेको उनका साथीहरु बताउँछन् । गम्भिर घाइते अवस्थामा उनलाई परिवारले ललितपुर नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरे । बिहान बेलुका फुटपाथमा लत्ता कपडा बेचेर जिवीको पार्जन गरीरहेको साहको परिवारले आफ्नै खर्चमा उपचार गराउन सक्ने सम्भावनै थिएन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV