५ माघ २०७५, शनिबार

काठमाडौं । प्राध्यापक डाक्टर अर्जुन कार्कीले डाक्टर गोविन्द केसीको नियत निष्ठामा शंका गर्नु पर्ने ठाउँ नरहेको प्रष्ट पार्नु भएको छ । तर मेरो गोरुको बाह«ै टक्का भन्ने अडान भने कसैले लिन नहुने पनि उहाँको तर्क छ ।

न्यूज २४ टेलिभिजनको नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा टिभी जर्नलिष्ट स्मृति मल्लसंग कुरा गर्दै उहाँले सम्झौता गर्ने कार्यान्वयन नगर्ने प्रवृतिले केसीको अध्याय दोहोरिएको निष्कर्ष पनि निकाल्नु भयो ।

नेपालमा मेडिकल शिक्षाको व्यवस्थित विकास र डाक्टर केसीले निरन्तर उठाउँदै आएको मागलाई समेत सम्बोधन गर्ने गरि प्रतिवेदन तयार गर्न प्राध्यापक डाक्टर केदारभक्त माथेमाको अध्यक्षतामा गठित आयोगका सदस्य रहनु भएका कार्कीले पारित विद्येयक आयोगको सिफारिस अनुरुपको पनि नभएको गुनासो गर्नुभयो ।

एउटा नेपाली नागरिकको हैसियतले डाक्टर केसी जुनसुकै माग उठाउन स्वतन्त्र रहेको चर्चा गर्दै उहाँले डाक्टर केसीलाई चिकित्सा शिक्षा वरपरको मागमा मात्र केन्द्रित हुन पनि सुझाव दिनुभयो ।

नेपाल सरकार , गोविन्द केसी र विद्येयक बनाउने जिम्मा पाएकाहरु एकै ठाउँमा बसेर छलफल गरे निष्कर्षमा पुग्न सहज हुने बताउँदै उहाँले मनसाय पत्र लिएर पूर्वाधार तयार गर्ने अनुमति दिइसकेका मेडिकल कलेज अब भने ऐन नियम आयो तिमीहरुले कलेज चलाउन पाउँदैनौ भनिदिए राज्यको अनुभूति हराएर जाने पनि प्रष्ट पार्नुभयो ।

कार्कीसंगको कुराकानी विस्तृतमा

प्रतिक्रिया दिनुहोस्
LIVE TV