५ माघ २०७५, शनिबार

काठमाडौं – डा. केसीको सत्याग्रहका पूर्वराष्ट्रपति डा.रामवरण यादवले चासो देखाएका छन् । चिकित्सा शिक्षा सुधारको लागि १६औँ सत्याग्रहमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पूर्वराष्ट्रपति यादव शनिबार अपराह्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आसियुमा पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनले डा केसीको सत्याग्रहका बारेमा पनि चासो राखेका थिए । डा. केसी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आफूसँग पूर्वसहमतिअनुसार पारित गर्नुपर्ने माग राख्दै इलामबाट अनशन सुरु गरेका थिए ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई शुक्रबार बिहान शिक्षण अस्पतालमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV