फिल्मको अफर आएको थियो तर खेलिनः लक्ष्मी गिरी , कलाकार



प्रकाशित मिति : Jan 19, 2019

काठमाडौँ । वरिष्ठ कलाकार लक्ष्मी गिरी चार दशकदेखि कलाकारिता क्षेत्रमा लागिरहेकी छन् । पछिल्लो समय उनी खाली नै छिन् । गिरी भन्छिन – फिल्मको अफर आएको थियो तर गरिन ।

गिरीले अभिनय गरेकी फिल्म फागुन १७ गते क्याप्टेन आउँदै गरेको जनाकारी पनि उनले गराइन् । केही समय अगाडि उनको अभिनयमा ड्रिम गर्ल, छक्का पञ्जा, जय भोले फिल्म दर्शकमाझ पुगिसकेको छ । यी फिल्महरु पछि उनी फुर्सदमा छिन् । बाल कालकारबाट कालाकारिता जीवन सुरु गरेकी गिरीले विसं २०२१ सालमा डबली नाटक गरेकी थिइन् ।

गिरीका अनुसार २०२९ सालसम्म बालकलाकार कै रुपमा कलाकारिता क्षेत्रमा निरन्तर लगिरहिन् । मह सञ्चारद्वारा निर्मित विज्ञापनमा हरिवंश आचार्यको पार्टनर भएर नायिकाको भुमिका सुरु गरेकी थिइन् उनले । उक्त फिल्म ३७९ दिन चलेको उनी गिरी बताउँछिन् । उक्त फिल्मले अमेरिका , बेलायत , भारत लगायतका देशहरुमा प्रर्दशन भएको थियो । गिरीकी हजुरमा उस बेलामा नर्स भएको कारण पनि गिरीलाई परिवारबाट कलाकारिता क्षेत्रमा लाग्न रोकावट नभएको तर समाजमा भने कलाकारिता क्षेत्रमा लागेकोमा अलि फरक ढङगले हेर्ने गरेको गरीले बताइन् । राष्ट्र बैंकमा जागिर गरेकी उनले पुनः बालपनको कलाकारिता क्षेत्रलाई निरन्तरता दिन ५० सालमा जागिर छोडिन् ।

नेपालमा टेलिभिजनको विकास भएपछि टेलिफिल्म आउने भएपछि उनी टेलिभिजनमा आफ्नो कलालाई अगाडि बढाउन त्यस तर्फ लागिन् । उनले तितो सत्य , मेरीबासै, परिचय, एका देशकी चुरिफुरी , २१ फस्ट सेन्चुरी लभ जस्ता थुप्रैमा काम गरिसकेकी छिन् । उनले गरेका सबै कामहरुले चर्चा पाएको छ । मेघा फिल्म र टेलिफिल्म जोड्ने हो भने लगभग एक हजार पुगिसकेको उनी बताउँछिन् । न्युज २४ टेलिभिजनको नियमित प्रस्तुति ६ प्रश्नमा टिभी जर्नलिष्ट अञ्जुला बानियाँले गिरीसंग गरेको कुराकानीको विस्तृतमा ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com