५ माघ २०७५, शनिबार

कालिकोट – पवित्र नदीको रुपमा ख्याती कमाउन सफल तिला र कर्णाली नदी दुर्गन्धित बन्दै गएको छ । नदी छेउछाउमा फोहोर थुप्रिन थालेपछि नदी दुर्गन्धित बन्दै गएको हो । नदीको छेउछाउमा बस्ती विकासका कारण पनि नदी दर्गन्धित बन्दै स्थानियको गुनासो रहेको छ ।

तिला नदी आसपासमा कालिकोटको नाग्मबजार सेरावाडा, बिहानी लगायतका क्षेत्रमा र कर्णाली नदीको जितेगडा, लालीघाट, भुराबगर लगायतका क्षेत्रमा बस्तीको विकास हुँदा फोहोेर हुन थालेका छन् । नाग्मबजार सेरावाडा, बिहानी बजार, जितेबजार, लालिघाट बजार र भुराबगर लगायतका बजारका रुपमा विकास भएपछि ती बस्तीहरूले शौचालय लगायतका अन्य फोहोर नदीमा फाल्ने गरेका छन् ।

नदीका किनारमा बजारको विकास हुनुका साथै ती बजारबाट निस्कने फोहोर नदीमा फाल्ने गरेकोले नदी थप फोहोर हुदैँ गएको छ । बजारका फोहोर पनि आफैँ नदीमा फाल्ने आफै त्यो पानी खाने गरेका छन् । जस्ले गर्दा नदी दुषित हुनुको साथसाथै जनजीवनमा समेत असर पुग्न गएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV