५ माघ २०७५, शनिबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वउपप्रधानमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

चिसोका कारण छातीमा संक्रमण देखिएपछि अधिकारी पुस २३ गतेदेखि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्छ । अस्पताल पुगेर अध्यक्ष दाहालले आज अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उपचारमा संलग्न चिकित्सकसँग परामर्श गर्नुभएको हो ।

अस्पतालले अध्यक्ष दाहाललाई अधिकारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको थियो । ८३ वर्षीय अधिकारी एक वर्षदेखि स्वास्थ्य समस्या झेलिरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV