५ माघ २०७५, शनिबार

तुलसीपुर । दाङको तुलसीपुर–१२ मा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । तुलसीपुरबाट दमार गाउँतर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बस आज दिउँसो दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

दुर्घटनामा परी घाईते हुनेमा केहीको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जनाकारी दिएका छन् । उनका अनुसार गम्भीर घाइते हुनेमा तुलसीपुर–६ का आशा विक र तुलसीपुर–११ कि गीता मल्ल रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेको भने अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बसमा जम्मा २४ जना सवार रहेका थिए । बस के कारणले दुर्घटनामा पर्यो भन्नेबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV