५ माघ २०७५, शनिबार

सिकागो । अमेरिकाको सिकागो शहरका एक जना पूर्वप्रहरी अधिकृतलाई अश्वेत युवाको हत्या गरेको अभियोगमा ८१ महिना जेल सजायको फैसला सुनाइएको छ ।

सन् २०१४ मा गोली प्रहार गरी ती व्यक्तिको हत्या गरेको अभियोगमा जेल सजाय सुनाइएको अधिकारीहरुले जनाएका छन् ।

श्वेत प्रहरी अधिकृत जासन भान डिकेले १७ बर्षका अश्वेत लाक्वान म्याकडोनाल्डलाई १६ पटक गोली हानेर हत्या गरेको अभियोग लगाइएको थियो । घटना भएको सिकागो शहर अमेरिकाको तेस्रो ठूलो सहर मानिन्छ । म्याकडोनाल्डले सन् २०१४ को अक्टोबर २० तारिखको रातमा एउटा ट्रकमा तोडफोड गरेको उजुरु परेको थियो ।

त्यतिबेला भान डिके एक जना प्रहरी अधिकृतका रुपमा कार्यरत थिए । एकदिन लामो सुनुवाईपछि न्यायधिशहरुले ती व्यक्तिलाई छ बर्ष नौ महिना लामो जेल सजायको फैसला सुनाएका हुन् । कारावासमा उनले आफ्नो व्यवहार सुधारेमा आधा मात्रै सजाय पनि हुन सक्ने फैसलामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV