५ माघ २०७५, शनिबार

काठमाडाैँ । दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल बन्दै गएकोे छ ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि एन्टिबायोटिक चलाइएको छ भने आइसीयूमा राखेर उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको छातीमा संक्रमण भएका कारण एन्टिबायाेटिक औषधि चलाउन सुरु गरिएको हो । उनलाई छाती दुख्ने, रिङ्गटा लाग्ने, मांसपेशी दुख्ने र रक्तचाप पनि कम हुँदै गएको छ ।

इलाममा अनसनरत केसीलाई शुक्रबार बिहान इलामबाट नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य मन्त्रालयको निर्देशनमा केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV