५ माघ २०७५, शनिबार

काठमाडाैँ । मधेश जनविद्रोह चर्किएको आज १२ वर्षे पुरा भएको अवसरमा बलिदानी दिवस मनाइएकाे छ ।

तत्कालीन सरकारले अन्तरिम संविधानमा संघीयतासहित मधेशका मौलिक अधिकारलाई कटौती गरेपछि चर्किएको मधेश आन्दोलनका क्रममा हत्या भएका मधेशीहरुको सम्झनामा बलिदानी दिवस मनाइएको हो ।

२०६३ माघ ५ गते सिरहाको लहानमा प्रदर्शन गरिरहेका मधेशमाथि तत्कालीन सरकारले गोली चलाउँदा रमेश महतको मृत्यु भएको थियो । त्यसपछि मधेश जनविद्रोह चर्किदै जाँदा ५३ जना आन्दोलनका क्रममा मारिएका थिए । त्यसैगरी तेश्रो मधेश आन्दोलनमा पनि राज्य पक्षबाट ५२ जना मधेशीको हत्या भएको थियो ।

Image may contain: 1 person

मधेश आन्दोलन र मधेशको अधिकारका लागि लडेर शहीद भएकाको सम्झनामा हरेक वर्ष मधेश बलिदानी दिवस मनाउने गरिएको छ । तर, अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न मधेश केन्द्रित राजनीतिक दल आ–आफ्नो स्वार्थको राजनीति गर्दै सत्तामा प्रवेश गरेपछि पछिल्लो समय मधेश आन्दोलनलाई दलहरुले बिर्सदै गएको समेत आरोप लाग्दै आएको छ ।

संविधान संशोधन गरेर मधेशको माग सम्बोधन गर्ने बहानामा नेताहरु सरकारमा सहभागी भएसँगै सबै माग बिर्सने गरेको भन्दै आन्दोलनको औचित्य पूरा गर्न मधेशका जनताले माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV