मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु



प्रकाशित मिति : Jan 19, 2019

अछाम । अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कमलबजार नगरपालिका–२ बस्ने खड्ग विष्टले चलाएको से४प ९१३८ नंको मोटरसाइकलको ठक्करबाट वडा नं १ बस्ने दानबहादुर माझीकी साढे दुई वर्षीया छोरी तुलसी माझीको मृत्यु भएको हो ।

शुक्रबार बेलुका पौने ४ बजे मोटरसाइकलको ठक्करबाट घाइते भएकी तुलसीको उपचारको क्रममा राति ९ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकालाई ठक्कर दिने मोटरसाइकल र चालकलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com