३३ किलो सुन प्रकरणमा अादेश दिने न्यायाधीश काठमाडाैँ झिकाइएपछि रिक्तस्थानमा नयाँ नियुक्ति



प्रकाशित मिति : Jan 19, 2019

काठमाडाैँ । विराटनगर उच्च अदालत, माेरङमा रिक्त भएको स्थानमा पाँच जना न्यायाधीशलाई नियुक्त गरिएको छ ।

३३ किलो सुन काण्डका अभियुक्तलाई थुनछेक आदेश दिएका न्यायाधीशलाई न्यायपरिषदमा झिकाइएपछि पाँच जना न्यायाधीशलाई उच्च अदालत पठाइएको हो ।

न्यायधीश महेश शर्मा पौड्याल, शेखर पौडेल, लेखनाथ घिमिरे, रामप्रसाद अधिकारीलाई पठाइएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले विराटनगर उच्च अदालतका पाँच न्यायाधीश नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याललाई न्यायपरिषद सचिवालयमा झिकाइएको जानकारी दिनभयाे ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com