दार्चुलाको त्रीदेशीय तिङ्कर नाकामा भारत-चीनको कडाइ, नेपालको सुरक्षाकर्मी नै छैनन्



प्रकाशित मिति : Jan 19, 2019

दार्चुला । दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र पर्ने व्यास गाउँपालिका सुरक्षाविहीन छ । चिसो र सुरक्षाविहीन हुँदा सो क्षेत्रका बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरेका छन् ।

Image result for nepal and china darchula border

सो क्षेत्रमा भारत र चीनका तर्फबाट पर्याप्त कडाइ सुरक्षा कडाइ छ । तर नेपाल सरकारका तर्फबाट भने त्यो ठाँउमा सुरक्षाकर्मी समेत छैनन् । चीसोमा अत्यावश्यक समाक्रीहरुको अपुगकोकारण स्थानीवासीसँगै प्रहरी पनि व्यासकै वडा नं २ दुम्लिङ झरेपछि छाङ्गरु र तिङ्कर सुरक्षाविहीन भएको हो ।

समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको तिङ्करमा ६५ तथा छाङ्गरुमा १०५ घरधुरीको बसोबास छ । उनीहरु अहिले सदरमुकाम खलङ्गामा बसाइँ सरेकाले यहाँ अहिले सुनसान छ । गाउँ पूरै हिउँले पुरिएको छ । गाउँको सुरक्षा हिमपात र भगवान् भरोसामा छोडिएको छ, व्यास–१ तिङ्करका अगुवा महिला यशोदा तिङ्करीले भनिन्, “हाम्रो सुरक्षाकर्मी भनेकै हिउँ हो, अत्यधिक चिसोका कारण सबै बसाइँ सारेपछि गाउँ पूरै भगवान् भरोसा चलेको छ ।”

छिमेकी राष्ट्र भारत र चीन युद्ध हुँदादेखि नै अर्थात् २०२८ सालबाटै उनीहरुको सुरक्षाफौज त्यही रहँदै आएको छ । हाम्रोतिर भने मानवविहीन हुँदा पनि राज्यले सुरक्षा दिन नसकेको तिङ्करीले भनाई थियो । साविकको पूरैै गाविस तथा अहिलेको पूरै वडा भएको ठाउँमा सुरक्षा उपस्थिति छैन । झण्डै बासिन्दा एक हजार उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

विसं २०३१ भदौमा खम्पा विद्रोह हुँदा उक्त क्षेत्रमा भारतले केही सुरक्षाफौज थप गर्नाका साथै आइटीबिपी (इन्डिया तिब्बत बोर्डर पुलिस) परिचालन गर्दै आएको छ । नेपाल सरकारले भने सुरक्षाकर्मीलाई बस्ने सुविधा समेत मिलाउन नसकेकोमा स्थानीयको दुखेसो छ ।

हाल सीमावर्ती बजार धार्चुलादेखि कालापानीसम्म आइटिबिपीका एक ठाउँमा हतियार भण्डारसहित पाँच पोष्ट राखिएका छन् । भारतीय बजार धार्चुलादेखि लिपुलेकसम्मको झण्डै ५० किलोमिटर क्षेत्रमा पाँच क्याम्प छन् ।

आइटिबीपीले घट्टबगरमा हतियार भण्डारसहितको क्याम्प राखेको छ भने गव्र्याङ, छ्यालेक, गुन्जीमा क्याम्प तथा कालापानीमा सेना परिचालन गरिएको छ ।

नेपालतर्फ भने दार्चुलाको उत्तरमा एउटा मात्र तिङ्कर नाका छ, त्यसमा पनि वर्षको छ महीनामात्रै सुरक्षाफौज खटिन्छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com