हरिहर खनालको ‘सहिदगेटकी आमा’ विमोचन



प्रकाशित मिति : Jan 19, 2019

काठमाडौँ । साहित्यकार हरिहर खनालको नयाँ कथासङ्ग्रह ‘सहिदगेटकी आमा’ विमोचन भएको छ ।

शुक्रबार लाजिम्पाटस्थिति डिल्लीरमण कल्याणी पुस्तकालयमा आयोजित विशेष समारोहमा वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य (मोहन वैद्य ‘किरण’), वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाई, समालोचक प्रा.डा. गोपिन्द्र पौडेललगायतले संयुक्त रुपमा पुस्तकको विमाचन गरेका हुन् ।

पुस्तकमाथि टिप्पणी गर्दै चैतन्यले कथा समसामयिक रहेकाले पढ्नलायक रहेको बताए । उनले पुस्तकमा प्रगतिशील र जीवनोपयोगी कथाहरुसमेत समावेश हुनु राम्रो पक्ष रहेको बताए ।

निनु चापागाईंले सङ्ग्रहका एकाध कथा कमजोर भए पनि अन्य कथाहरू उत्कृष्ट र सन्देशमूलक रहेको बताए । प्रा.डा. गोपिन्द्र पौडेलले राणाकालदेखि आजसम्मको विषयवस्तु कथामा रहेको र समकालीन साहित्यमा चासो राख्ने सबैको लागि सङ्ग्रह रुचिकर रहेको बताए ।

कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार दिनानाथ शर्मा र राजनीतिज्ञ डा.सूर्यराज आचार्यले शुभकामना मन्तव्य राखेका थिए । खनालको १३ औं कथाकृतिको रुपमा आएको यस सङ्ग्रहमा १४ वटा कथा समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com