सुर्खेतमा ‘विप्लव’ नेतृत्वको नेकपाद्वारा दुईट्रकमा आगजनी



प्रकाशित मिति : Jan 19, 2019

काठमाडौं । सुर्खेतमा मालबाहक ट्रकमा आगजनी भएको छ ।‘विप्लव’ नेतृत्वको नेकपाले एक दिने सुर्खेत बन्दको आह्वान गरेको थियो ।बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा शनिबार बिहान २ ओटा ट्रकमा आगजनी गरेका हुन् ।

आगजनीबाट ना ६ ख ७३१३ र ना ६ ख १७३२ नम्बरको ट्रक जलेको प्रहरीले जनाएको छ । बन्दकर्ताले बराहताल गाउँपालिका, ५ मा मिनिट्रक र भेरीगंगा नगरपालिका, २ मा आगजनी गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com