५ माघ २०७५, शनिबार

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना भएकाे छ । साे सडकखण्डकाे भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालककाे मृत्यु भएकाे हाे ।

शुक्रबार राति भएकाे साे दुर्घटनामा खैरहनी नगरपालिका–६ बस्ने ४६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रहरीका अनुसार अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना८प ५५०६ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना८ख २२४९ नंको ट्रकले ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार भएकाले निजको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

LIVE TV