जापान सागरको आकाशमा दुई रुसी विमान ठोक्किए



प्रकाशित मिति : Jan 19, 2019

ऐजेन्सी । जापान सागरको आकासमा दुई रुसी विमान एकआपसमा ठोक्किएका छन् । युद्धअभ्यास गरिरहेका दूईओटा सुखोई एसयू ३४ एस विमान ठोक्किएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विमानका चालक टिम भने सुरक्षित रुपमा बाहिर झर्न सफल भएका छन् ।

शुक्रबार बिहान (मस्को समय अनुसार) ८ बजेर ७ मिनेटमा जापान सागरको तट भन्दा करिब ३५ किलोमिटरको दुरीमा युद्धाभ्यास गर्ने क्रममा साे विमान ठोक्किएका हुन् । तत्कालै दुई ओटा एमआई ८ र एक एएन१२ हेलीकप्टरमार्फत चालक टीम झरेको क्षेत्रतिर उनीहरुको खोजी सुरु गरेको जनाइएको छ ।

एसयु ३४ रुसको जस्तो सुकै मौसममा पनि उडान भर्न सक्ने सुपरसोनिक मीडियम रेन्जको विमान हो । यस्ले पहिलो पटक १९९० मा उडान भरेको थियो । २०१४बाट रुसी वायु सेनाले समेत सो विमान प्रयोग गर्न थालेको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com