किम र ट्रम्पबीच छिट्टै भेटवार्ता हुँदै



प्रकाशित मिति : Jan 19, 2019

ऐजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम उन जुङबीच यही साता दोश्रो शिखर सम्मेलन हुने टुंगो लागेको छ । उत्तरकोरियाबाट गएका तीन उच्चस्तरीय नेता र ट्रम्पबीच भएको भेटपछि ह्वाइटहाउसले यसै साता किमसँग दोश्रो शिखर सम्मेलन गर्ने जनाएको हो ।

This image has an empty alt attribute; its file name is kim-jong-ol-768x432.jpg

दुई देशका प्रमुखबीच यसअघि भएको सिंगापुर वार्तापछि उत्तरकोरियाले निशस्त्रीकरण बन्द गरेको थियो भने अमेरिकी पक्षबाट भने उत्तरकोरियामा लगाउँदै आएको प्रतिबन्ध फुकुवा भने हुन सकेको थिएन ।

प्रतिबन्ध फुकुवा नभएपछि गत जनवरी १ मा किमले अमेरिकालाई चेतावनी दिएसँगै पुनः भेटवार्ता हुने विषयमा छलफल हुँदै आएको थियो । लामो छलफलपछि बल्ल अमेरिकाले यसै साता भेट गर्ने टुंगो लगाएको हो ।

फ्रेब्ररीमा हुने भेटले उत्तरकोरियामाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ । यसअघिको छलफलमा अमेरिकाले निशस्त्रीकरण बन्द गर्न उत्तरकोरिया अघि बढे प्रतिबन्ध बारे सोच्न सकिने भन्दै सैद्धान्तिक सहमति जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com