बैध अबैध विदेशी लगानी छैनः सौरभ ग्रुप



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौँ । सौरभ ग्रुपले आफ्ना कुनैपनि उद्योगमा बैध अबैध विदेशी लगानी नरहेको स्पस्ट पारेको छ ।

खोज पत्रकारीता केन्द्र नेपालले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्ना उद्योगहरुमा अवैध विदेशि लगानी रहेको उल्लेख भएको बताउँदै त्यस्तो कुनैपनि लगानी नरहेको जनाएको छ ।

ग्रुपका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले ट्क्स हेभन मूलुकबाट कुनैपनि विदेशी लगानी नल्याएको जनाएको हो । तर उनले आफुहरु अन्तर्गत सर्बोत्तम सिमेन्टमा हङकङ स्थित कृष्णा होलिडङ्सको ३८ प्रतिशत शेयर रहेकोमा अहिले सबै शेयर विक्रीगरि आफ्नो लगानी फिर्ता लगिसकेको जनाएको छ ।

सौरभ ग्रुपले आफ्ना सबै संस्था तथा उद्योगका विषयमा कुनैपनि सुचना सहजै दिन सक्ने बताउँदै खोज पत्रकारीताले सार्वनिक गरेको कुनैपनि विषय सत्य नभएको दावी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com