महिला क्रिकेटः इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक



प्रकाशित मिति : Jan 18, 2019


काठमाडौँ । नेपाल थाइल्याण्डमा जारी वुमेन्स टि–२० स्म्यासको फाइनलमा प्रवेश गरेको छ । इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।

नेपालले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको इन्डोनेसिया ११ ओभरमा २७ रनमा समेटिएको थियो । इन्डोनेसियाका लागि युलिया आङग्राएनीले सर्वा्धिक १३ रन बनाउनुबाहेक अरू खेलाडीले ५ रनको स्कोर कटाउन सकेनन् । इन्डोनेसियालाई सस्तैमा समेट्न नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गरिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय १९ रन बनाएको थियो । नेपालका लागि सीता रानामगरले सर्वाधिक ४८ रनको योगदान दिइन् । जितसँगै नेपाल १२ वर्षपछि पहिलो पटक सिनियर महिला क्रिकेट टोली फाइनलमामा प्रवेश गरेको हो । यसअघि नेपाली महिला टिमले यू–१९ स्तरमा तीन पटक उपाधि जित्दै ह्रयाट्रिक गरे पनि सिनियर स्तरमा सेमिफाइनलमा भन्दा अगाडि जान सकेको थिएन ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com