अपरिचित समुहद्धारा विवाह मण्डपमै गोली प्रहार, बेहुली गम्भीर घाइते



भारत – अपरिचित समुहद्धारा मण्डपमा रहेको बेहुलीमाथि गोली प्रहार भएको छ । बैवाहिक समारोह चल्दै ग।रेको समयमा बन्दुक पड्केको आवाज आए पछि भागदौड मच्चिएको थियो । वरमालाको लागि बेहुला बेहुली स्टेजमाथि चढ्दै गरेको बेला नचिनेका मान्छेहरुङ्को एउटा समूहले बेहुलीमाथि गोली चलाएर त्यहाँबाट फरार भयो । गोली लागेर बेहुली गम्भीर घाइते भइन् ।

भारतको मंडावलीकी पूजा र गीता कोलोनीका फूल व्यापारी भरतको विवाह बिहीबार राति शकरपुरको एउटा पुरानो शिव मन्दिर धर्मशालामा भइरहेको थियो । बेहुला बेहुली वरमालाको लागि स्टेजमा पुग्नै लाग्दा कसैले पूजामाथि गोली प्रहार गर्यो । खुट्टामा गोली लागेपछि पूजा स्टेजमा लडिन् र बेहोस भइन् । उनलाई तत्कालै अस्पताल पुर्याइयो ।

त्यो घटना घटेपछि केही समयको लागि वैवाहिक समारोह रोकिएको थियो । तर पूजाको अवस्थामा केही सुधार आएपनि घाइते अवस्थामै दुलाहा दुलहीले सात फेरा लिए । दिल्ली प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ । स्थानीय प्रहरीका अनुसार गीता कोलोनीमा बस्ने रिन्कु नामका केटाले पूजामाथि गोली चलाएको थियो ।प्रहरीले आरोपितविरुद्ध आईपीसी को धारा ३२६ र हातहतियार एनको धारा २५ अन्तर्गत मुद्धा दर्ता गरेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com