सांसद–प्रधानमन्त्री रोचक प्रश्नोत्तरः वाइडबडीबारे भने प्रश्नै उठेन ( भिडियाे )



प्रकाशित मिति : Jan 18, 2019

काडमाडौँ । सत्तापक्षका सांसदले कडा प्रश्न नगर्नु स्वभाविक भएपनि प्रतिपक्षी दलका सांसदले कडाइका साथ प्रश्न सोध्ने अपेक्षा थियो, त्यो भएन । कांग्रेसले डा। केसीको अनसन र आफ्ना नेताको नाम जोडिएको अस्पतालमा चासो राख्दा सत्तापक्षका सांसदले रेललाई प्राथमिकता दिए ।

सत्तारुढ संघीय समाजवादीले संविधान संशोधको प्रश्न गर्दा प्रधानमन्त्रीले ‘आवश्यकता र औचित्य’का आधारमा हुने रेडिमेड जवाफ फर्काए । सोधिएका विषयमा प्रधानमन्त्रीले दिएको जवाफप्र्रति कतिपय सांसदले चित्त बुझाएनन् । यद्यपि, संसदमा प्रधानमन्त्री र सांसदको सवाल–जवाफको संस्कार सुरु हुनुलाई धेरैले ‘सकारात्मक’ भनेका छन् । सांसद र प्रधानमन्त्रीबीचको प्रश्नोत्तर जति रस्सकाकस्सीपूर्ण हुने अपेक्षा थियो, त्यस्तो भएन ।

संसदीय मर्यादाका हिसाबले राम्रो भए पनि जनचासोका थुप्रै विषयमा सांसदले प्रश्न नै गरेनन् । अघिल्लो पटक संसदमा प्रधानमन्त्रीले प्रस्तुत गरेको तथ्यांक ‘गलत’ भएको भन्दै बाहिर टिप्पणी गर्ने सांसदले त्यसबारे पनि प्रश्न गरेनन् । ‘वाइडबडी’ घोटला प्रकरणमा पनि सांसद मौन रहे । प्रधानमन्त्रीले सोधिएका सबै प्रश्नको जवाफ दिए पनि प्रतिपक्षी दलका सांसदको चित्त बुझेको छैन । यद्यपि, संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको असल अभ्यास सुरु हुनुलाई सबैले सकारात्मक भनेका छन् ।

संघीय संसदको नियमावलीअनुसार प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो र अन्तिम वैठकमा प्रश्नोत्तर गर्न पाउने व्यवस्थाअनसार शुक्रबार जुन अभ्यास भयो, निश्चय नै यो सकारात्मक छ । जनचासो र राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र सांसदबीच हुने सवाल–जवाफले सरकार र संसदबीचको दूरी घटाउने मात्र होइन प्रधानमन्त्रीलाई संसदप्रति थप उत्तरदायी बनाउन दबाब बढाउने पनि छ ।  आम नागरिकले चासोका विषयमा सरकारको धारणाबारे बुझ्न पनि पाउने छन् । प्रधानमन्त्रीको जवाफ चित्त नबुझे पनि प्रति वा पुरक प्रश्न गर्ने छुट नभएका कारण प्रश्नोत्तरमा सरकार र विपक्षी टकराउने अवस्था भने छैन ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com