‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ काठमाडौँमा हुदैँ



काठमाडौं – ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ काठमाडौँमा हुदैँ छ । नेपाल(भारतका युवा उद्यमीको सहभागितामा शनिबार काठमाडौंको होटल याक एण्ड यतिमा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ हुने भएको छ ।

भारतीय राजदूतावास र क्लक बि विजनेश इन्नोभेसनको आयोजनामा हुने सम्मेलनमा नेपाल र भारतका एक हजारभन्दा बढी युवा उद्यमी तथा विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनमा आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत प्रमुख वक्ताका रुपमा छन् ।

भारतीय राजदूतावासका द्वितीय वाणिज्य सचिव कपिलध्वज प्रतापसिंहले सम्मेलनमा युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा नेपाल र भारतका उद्यमी, लगानीकर्ता, व्यापारी, वकिल, लेखापरीक्षक, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धी जानकारको सहभागिता रहनेछ ।

सामाजिक सञ्चालमार्फत विभिन्न विषयमा योजनासहितको आवेदन संकलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजनालाई छनोट गरिएको छ । त्यसलाई लगानीकर्ता र उद्यमीको अगाडि सम्मेलनका अवसरमा प्रस्तुत गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com