तुईनकै भरमा कर्णाली, स्थानीय जनता मात्र होईन गाउँपालिकाका अध्यक्षसमेत तुइन तरेर जान्छन् कार्यालय



प्रकाशित मिति : Jan 18, 2019

जनक बहादुर शाही

हुम्ला । सकारले तुईनकै मुक्त देश बनाउने घोषणा गरेपनि हुम्लाका विभिन्न स्थानसाथै कर्णली नदिका का सबैजसो ठाउँमा नदी वारपार गर्न स्थानीय तुइनकै भर पर्नु परेको छ  । दैनिक कामकाजका लागि पनि नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनकै भर पर्नुपर्ने समस्या झेल्नु परीरहेको स्थानीय बताउँछन् ।

हुम्ला बासीलाई कर्णाली नदिका विभिन्न ठाउँँमा स्थानीय बासिन्दाले बनाएका काठेपुल कर्णालीले बगाएपछि तुइनबाटै वारपार गर्नु पर्छ  । कर्णाली नदीको हिल्सादेखि कवाडीसम्म कम्तीमा ३ किलोमिटरको दूरीमा एउटा पनि पुल हुनु पर्ने तर पुल नहुदा सबै स्थानीय तुइनबाटै ओहोरदोहोर गर्न बाध्य छन ।

तुईमा मान्छे नभई घाँस, दाउरा पनि तुईनबाटै तार्नु पर्छ र हामीलाई त खेतको काममा जाँदा होस या गाउपालिका केन्द्रमा जानपनि तुइन बाटै आवत जावत गर्नुपर्नै गुनासो गर्छन् खार्पुनाथ गापा ३ की महिला सदस्य धना शाही ।

मान्छे नभई घाँस, दाउरा पनि तुईनबाटै तार्नु पर्छ र हामीलाई त खेतको काममा जाँदा होस या गाउपालिका केन्द्रमा जानपनि तुइन बाटै आवत जावत गर्नुपर्नै गुनासो गर्छन् खार्पुनाथ गापा ३ की महिला सदस्य धना शाही ।

त्यस्तै खार्पुनाथ गाउँँपालिका वडा नं ३ अध्यक्ष गुलाम रावल भन्छन् – “४, ५ बर्ष देखि मुस्याडिबाट बाक्चेगौडा र याङचु कुनामा पुल बनाउने भनेर बर्षेनि सर्भे हुन्छ तर अहिलेसम्म पुल बनेको छैन यहि भएर पनि ५ वटा वडा भएको खार्पुनाथ गाउपालिकाका २,३ र ४ वडाका जनतालाई पालिकाको केन्द्रमा जान तुईनको साहार लिनु पर्ने बाध्यता छ ।”

खार्पनाथ मात्र नभएर सर्केगाड गाउँपालिका–२ रिपगाउँका बासिन्दा पनि तुईनकै भरमा नदि वारपार गर्ने गरेका छन् । उनीहरू घाँस, दाउराको भारीलाई पनि तुइनबटै तार्छन । सँधै पिठ्युँमै भारी बोकेर ओहोदोहोर गर्दै आएको रिपगाउँका स्थानीय बासिन्दा वीरजित परियारले बताए । ‘भारी बोकेरै यताउता गर्छौँ,’ उनले भने उनले अरूको सरसामान तार्न पनि सहयोग गर्दै आएका छन ।

काठेपुल नदीले बगाएपछि पुरै गाउँ तुइनकै भर रहेको उनले बताए । ‘गाउँलेका सरसामान तार्ने काम पनि गर्छु,’ डर मान्ने मान्छेको भारी आफैँ बोकेर तारीदिन्छु उनले भने । कर्णाली नदीमा गिउसी भन्ने स्थानमा पुल छ । त्यहाँ पुग्न तीन घन्टा लाग्ने गरेको स्थानीय गोरे फडेराले बताए ।

खेतपातीका लागि कर्णालीपारी जान पनि समस्या भएको उनको भनाइ छ । स्थानीय बासिन्दाका अनुसार हुम्ला जिल्ला भरी एक दर्जनभन्दा बढी स्थानमा तुइनको प्रयोग हुँदै आएको छ ।

खार्पुनाथ गाउँपालिका स्थानिय जनता मात्र होईन गाउँपालिकाका अध्यक्ष कार्यालय जाँदा पनि तुइनको भरमा कर्णाली तरेर कार्यालय आवतजावत गर्दै आएका छन । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।

गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको र कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर लागेर आङ सिरिङ हुन्छ,’ भन्छन खार्पुनाथ ४ का स्थानीय बासिन्दा मक्क रोकाया । बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने, बालबालिका ढिलो गरी घर आउँदा ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ यहि चिन्ताले बहिले काँहीत नदी छेउमै पुग्ने गरेको उनले बताए ।

गाउँपालिका अध्यक्ष कर्ण रावलले तीन वडाका बासिन्दाको गुनासो आफूले पनि दैनिक सुन्दै आएको बताए । आफू पनि कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको बताए । ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु,’ उनले भने । यहाँका तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्दै आएको उनले बताए ।

कर्णालीको पूर्वतिर खार्पुनाथ गाउँपालिका कार्यालय छ । मेरो घर खार्पुनाथ–४ मा पर्छ, यो कर्णाली पश्चिममा पर्छ । कर्णालीमा पुल छैन । नदीमा हिँडेर तर्न सकिँदैन । म पनि तुइन नै चढ्छु । यहाँका तीन वडाका बासिन्दा तुइनमै आवतजावत गर्छन । बिहान गाउँपालिका कार्यालय जाँदा तुइनमै कर्णाली तर्छु । साँझ तुइनमै फर्किन्छु । वर्षौँदेखि तुइनकै भरमा यताउता गरेकाले बानी परिसक्यो । तैपनि तुइन तर्दा डर त लागिहाल्छ नि  गाउँपालिका अध्यक्ष भएका नाताले पुल नभएकोमा सबैले गुनासो पोख्छन ।

This image has an empty alt attribute; its file name is 1-office-jan-tuin-tardai-768x576.jpg

हाम्रो बजेटले भ्याउँदैन  मन्त्रालय, सांसद सबैलाई मैले पनि गुहार गरेको छु  अहिले खार्पुनाथ पालिका भित्रका तुईन भएका सबै स्थानमा पुल निमौणका लागि सर्भे गरकाले चाडै नबने पनि १ बर्षभित्र पुल बन्ने आशामा छु अध्यक्ष रावलले भने ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com