कांगेस नेता शर्माले बुझाए गाडी, रिक्सामा घर फर्किए



प्रकाशित मिति : Jan 18, 2019
label

बुटवल – ५ नम्बर प्रदेशसभा र सरकारले खरिद गरेको गाडीमा अनियमितता भएको सूचना आएपछि संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले आफूले चढ्दै आएको गाडी फिर्ता गरेका छन्। आफुले चढेको गाडी फिर्ता गरेपछि शर्मा रिक्सामा घर फर्किएका हुन् ।

विवादित र आर्थिक अनियमितता गरेर खरिद गरेका गाडीहरू नचढ्ने भन्दै नेपाली कांग्रेसका नेता शर्माले आफुले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका हुन् ।

शुक्रवार नेपाली कांग्रेस संसदीय दलका नेता बलदेश शर्मा पोखरेलले आफू चढ्दै आएको गाडी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनलाई बुझाएका छन् । पोखरेलले आफू चढ्दै आएको लु१झ ४४७ नम्बर गाडी पुनलाई हस्तान्तरण गरेका हुन् ।

गाडी हस्तान्तरण गर्दै पोखरेलले भने, प्रदेशसभाले खरिद गरेका गाडीमा अनियमितता भएको बाहिर आएको छ । ‘सार्वजनिक लेखा समितिले त्यसको अनुसन्धान गर्दैछ । सत्यतथ्य बाहिर नआउँदासम्म नैतिकताका आधारले यो गाडी चढ्न मिलेन त्यसैले प्रदेशसभा सचिवालयमा बुझाए,’ उनले भने ।

गाडी बुझाएर पोखरेल र उनका स्वकीय सचिव सञ्जिव बस्याल ना१ह ६८१६ नम्बरको अटो रिक्सामा चढेर आफ्नो घर तिलोत्तमा गएका थिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com