दुई रुसी लडाकु विमान जापानी समुद्रमाथि ठोक्कीए, उद्धारका लागि दुई हेलिकटरले खोजी गर्दै



प्रकाशित मिति : Jan 18, 2019

मस्को । रुसमा दुई लडाकू विमान दुर्घटनामा परेको छ । उक्तm दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाँदा दुर्घटनामा परेको हो ।

प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

ठक्कर खाएका विमानहरु गोला बारुद विना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com