स्वयम्भूबाट सालकको खपटासहित एक पक्राउ



काठमाडौं – दुर्लभ वन्यजन्तु सालकको खपटासहित प्रहरीले वसन्त तामाङलाई पक्राउ गरेको छ। स्वयम्भूमा दुई वटा सालकको खपटा लिएर बिक्री गर्न हिँडेका थानकोटका तामाङलाई महानगरीय प्रहरी परिसर टेकुले नियन्त्रणमा लिएको हो। प

रिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार तामाङ दुई लाख रुपैंयामा उक्त खपडा बिक्री गर्न ग्राहक खोज्दै हिँडेका थिए। विशेषगरि खपटा चीनतर्फ तस्करी हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com