अनसन बस्दा पनि डा. केसीले विदा लिने नगरेको हाजिर रेकर्ड, अघिल्लो पटक ४० दिन अनुपस्थित



प्रकाशित मिति : Jan 18, 2019
  • गोविन्द कुँवर

काठमाडौँ । प्राध्यापक डा. गोविन्द केसी १६औं श्रृंखलाको अनसनमा छन् । यस अघि पन्ध्रौं चरणसम्म केसी १९७ दिन त अनसन नै बसिसकेका छन् । १६औं अनसन बसेकाे पनि १० दिन पुगेको छ । २०७५ साल सुरु भएपछि केसीको यो दोस्रो अनसन हो । तर, दुवै अनसनका लागि केसीले विदा भने नलिएको तथ्य खुलेको छ ।

२०७५ साल लागेयता केसीको जारी अनसन दोस्रो हो । २०७५ असार १९ देखि साउन १० गतेसम्म केसी २७ दिन लामो अनसनमा थिए । असार १४ गतेदेखि आफ्नो कार्यालयलाई जानकारीसमेत नदिइ हराएका केसी साउन २३ गते मात्रै कार्यालय हाजिर भएका छन् । २७ दिन अनसन र आसपास गरी केसी ४० दिन कार्यालयमा अनुपस्थित रहे । तर, विदा लिएनन् ।

२०७५ पुष २५ गतेदेखि केसीको १६ औं चरणको अनसन जारी छ । पुस महिनाको यो हाजिर विवरणले केसी २४ गतेदेखि नै कार्यालयमा हाजिर नभएको देखाउँछ । कर्मचारीले भैपरी आउने बाहेक अरु बिदा लिनु परेमा सम्बन्धित अधिकारीबाट विदा स्वीकृत गराउनु पर्छ । तर डा. केसीले पछिल्लो पटक इलाम पुगेर ‘एसएमएस’बाट विदा माग्नु बाहेक अरु प्रक्रिया पु¥याएका छैनन् । केसीले यसअघि अनसन बस्दाताकाको कुनै पनि विदा स्वीकृत नगराएको अस्पतालको प्रशासन शाखाका प्रमुखले जानकारी दिएका छन् ।

त्रिवि शिक्षण अस्पतालका प्रशासकीय अधिकारीको ‘छुच्चो’ हुनु नचाहने प्रबृत्तिका कारण पनि सत्याग्रही केसीले विधि, प्रक्रिया, पद्दती र कानून मान्न छोडेका हुन् । कर्मचारीले विना जानकारी कार्यालयमा उपस्थित नहुन, तोकिएको समयमा उपस्थित नहुन वा विना आदेश तोकिएको समय पूर्व नै कार्यालय छोड्न नपाउने नियम छ । तर, डा. केसीको हकमा यो नियम लागू भएको छैन । त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेम खड्गाले पनि केसीले सरकारी नियमअनुसार कहिल्यै पनि विदाको जानकारी दिने नगरेको टेलिफोनमा दावी गरे ।

२०७५ सालको अहिलेसम्मको केसी ६९ बिदा बसेका छन् । बैशाख ६ गते शोक विदा बाहेक अन्य विदा लिएको हाजिर रेकर्डमा देखिदैन । दिन चिकित्सा शिक्षा विधेयकलाई लिएर यतिबेला इलाममा अनशनमा बसेका छन् । तर, पटकपटक अनशनमा बसेका केसीले नियम विपरित विना जानकारी बिदामा बस्ने गरेको पाइएको छ । सरकारी अस्पतालमा चिकित्सक अभाव हुने गुनासो भइरहँदा केसी जस्ता वरिष्ठ चिकित्सक समेत विना जानकारी बिदा बस्दा बिरामीका साथै त्रिवि प्रशासन दिक्दार बनेका छन् ।

सुशासनका कुरा गर्दै हिड्ने डा,गोविन्द केसी आफै अनुशासन पालना गर्दैनन् । त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियमले कर्मचारीलाई एक वर्षमा तीस दिन घर बिदा,पन्ध्र दिन बिरामी बिदा र ९ दिन भैपरी,बिदाको व्यवस्था गरेका छ । तर वरिष्ठ हाडजोर्नीका चिकित्सक गोविन्द केसीले भने दश महिनामा ६९ दिन बिदा बसेका छन् ।कहिले कतै अहिले इलाम अनुसन बस्न तल्लीन डा,केसीले त्रिवि प्रशासनबाट कहिले पनि बिदा स्वीकृत लिने गरेका छैन् ।

कर्मचारीले भैपरी आउँने बिदा बाहेक अरु बिदा लिनु पहिले प्रशासन कार्यालयबाट स्वीकृत लिनु पर्ने हुन्छ । तर डा गोविन्द केसीले आज सम्म कुनै बिदामा स्वीकृत लिने गरेका छैन् ।कर्मचारीले कार्यालय छाड्नु पहिले प्रशासनका अधिकारीबाट बिदा स्वीकृत लिनुु पर्छ । कुनै पनि कर्मचारी कार्यालयमा अनुपस्थित हुने, तोकिएको समयमा उपस्थित नहुने वा विना आदेश तोकिएको समय पूर्व नै आफ्नो कार्यालय छोड्न नपाउने नियम छ । तर, डा. केसीले विना जानकारी फोनको भरमा बिदा बस्ने गरेका छन् ।शिक्षण अस्पतालमा कार्यरत केसीको बिदाको विषयमा अस्पताल निर्देशक प्रेम खड्गाले टेलिफोन संवादमा केसीले सरकारी नियम अनुसार कहिले पनि जानकारी नगराएको बताए ।

त्यस्तै डा गोविन्द केसीले जहिले पनि अस्पताललाई जानकारीनै नगरी नगराउने गरेको,चिकित्साशास्त्र अध्यायन संस्थानका प्राध्यापक डा अभिमन्यु झाले बताउनु भयो । २०७५ सालमा माघ सम्म ६९ बिदा बसेका डा केसीले १ एक दिनको बिदा भने सोध्यर गरेका छन् भने अरु कुनै बिदा स्वीकृत नै नगरि बस्ने गरेको पाइन्छ । भैपरी बिदा बाहेक अरु कर्मचारीले बिदा पाउँन लिखीत जानकारी गराई बिदा स्वीकृत गर्ने गरेका छन् । विना जानकारी बिदा बस्ने र डा केसी सरकारविरुद्ध नै राजनीतिक विषय समेत जोडेर बाम्बार अनशन बस्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com