धनकुटामा एक वृद्ध मृत अवस्थामा फेला, घटना स्थलबाट रगत लागेको लठ्ठी र खुकुरी वरामद



प्रकाशित मिति : Jan 18, 2019

विकास घिमिरे

धनकुटा ४ माघ । धनकुटाको चौविसे गाउँपालिका–३ सोगुममा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । शुक्रवार विहान घरदेखि करिव २ घण्टा टाढा रहेको आफ्नै वारीको गोठमा ६८ बर्षीय सञ्चलाल याख्खा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी उपरिक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

मृतक याख्खाको टाउको र हातमा गहिरो चोट लागेको कारण हत्या भएको आंशका प्रहरीले गरेको छ । सो स्थानबाट प्रहरीले रगत लागेको लठ्ठी र खुकुरी वरामद गरेको छ ।

संकास्पद अवस्थामा तीन जनालाई नियन्त्रणमा लिइएको र उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com