बजार रासायनिक विषादी युक्त खाद्यान्नले ओगटेको छ : मुख्यमन्त्री शाही



सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको बजार रासायनि विषदीले ओगेको र त्यसमा सबै जना सजक रहन आग्रह गरेका छन् । रासायनिक विषादी संसारकै खतरा हुने भन्दै उनले सबैलाई सतेत रहन आग्रह गरेका हुन् ।

साना किसान विकास लघुवित्त संस्था लिमिटेड इलाका कार्यालय वीरेन्द्रनगर सुर्खेतको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सबै किसानहरुलाई सकेसम्म आफुले पनि रासायनिक मलको प्रयोग नगर्न अनुरोध गरेका छन् ।

रासायिनक विषादीका कारण मानिसको आयु समेत छोटो बन्दै गएको बताउदै शाहीले भने, यस्ता विषादी मिश्रित खाद्यान्न आयात प्रतिस्थापन गर्न कृषि उत्पाकत्वमा जोड दिन अनुरोध समेत गरे ।

कृषिका साथै कर्णाली प्रदेश सरकार समग्र विकासको योजना निर्माणमा लागेको बताउँदै मुख्यमन्त्री शाहीले भने, ‘कृषिका माध्यमबाट कर्णालीको गरिबीलाई अन्त्य गर्न सकिने, कृषि क्षेत्रमा आकर्षण बढाउन कर्णालीमा श्रम गर्नेलाई सम्मान गर्ने योजना प्रदेश सरकार योजना रहेको छ उनले भने ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com