शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्छ : विश्व बैंक



काठमाडौं –  शैक्षिक गुणस्तरले देश विकासमा टेवा पुर्याउने बताउदै विश्व बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नु आवश्यकता रहेको औल्याएको छ । शैक्षिक क्षेत्रको सुधारमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको बैंकले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।

शिक्षाको पहुँच विस्तारमा भने नेपालको अवस्थामा उल्लेख्य सुधार हुदै आएको निष्कर्ष निकाल्दै बैंकले अझैपनि शैक्षिक क्षेत्रमा नेपालले गुयस्तरलाई सुधाररात्मक दिशामा लानु पर्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विश्व बैंकका प्राक्टिस म्यानेजर क्रिष्टियन एईडोले लैंगिक दृष्टिकोणले हेर्ने हो भने पनि नेपालको शैक्षिक अवस्था समदुरीमा रहेको उल्लेख गरे । उनले नेपालको शैक्षिक गुणस्तर वृद्धि गर्न दूर्गम भेगका विद्यालय तहको शिक्षालाई पनि प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com