बिहेको निम्तो बाँड्न हिडेका एक व्यक्तिको हत्या



प्रकाशित मिति : Jan 18, 2019
  • आशिष केसी

सल्यान,माघ ४ । सल्यानमा छोराको बिहेको निम्ता दिन हिडेका एक व्यक्तिको हतौडा प्रहार गरी हत्या गरिएको छ । सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नम्बर २ को फुलगाउँमा निम्तो बाँड्न गएका एक व्यक्तिलाई आफनै छिमेकीले हतौडा प्रहार गरी हत्या गरेका हुन्। छोराको बिहेको लागी निम्तो दिन गएका सोही गाउपालिका वडा न.२ साल्घारीका ४२ वर्षिय यमन बोहरालाई सोही ठाउँका ४७ वर्षिय शालीकराम चलाउनेले हतौडा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

छोराको बिहेको लागी शुक्रबार बिहान चलाउनेको घरमा निम्ता दिन पुगेका बोहरालाई आफनै घरमा हतौडा प्रहार गरी हत्या गरिएको प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख बिरेन्द्र बहादुर शाहीले जानकारी दिए । मृतक बोहरा चलाउनेको घरमा निम्ता दिन पुगि बिहानको खाना खादै गर्दा एक्कासी टाउकोमा हतौडा प्रहार गरी हत्या गरिएको उनले बताए । घटना बिहानै भएपनी प्रहरीलाई ९ बजे मात्रै स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेको थियो ।

उनको मानसीक अबस्था ठिक नभएको समेत स्थानीयले बताएका छन । घटना लगतै चलाउने फरार भएको र घर नजिकैको जगंलमा गएर लुकिरहेको र चारैतिर बाट प्रहरी परिचालन गरी खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com