बझाङका दुई स्थानीय तह बाहेक अरु सबैमा बैङ्क



प्रकाशित मिति : Jan 18, 2019
  • रिदम सिंह

माघ ४ बझाङ । स्थानिय निर्वाचन भएको एक वर्ष सम्म जिल्लाको सदरमुकाम लगायत कुनै स्थानीय तहमा बैँङ्क स्थापना नभएको यस जिल्लामा पछिल्लो समय दुई स्थानीय तह बाहेक सबै स्थानीय तहमा बैङ्क सेवा संचालनमा आएको छ । गाँउपालिका केन्द्रमै बैङ्क सेवा संचालन भएपछि बैङ्किङ कारोबार गर्न सदरमुकाम आउने झन्झट हटेको छ ।

१२ वटा स्थानीय तह रहेको बझाङ जिल्लामा जिल्लाको उत्तरि भेगमा रहेको साईपाल गाँउपालिका र थलारा गाँउपालिका बाहेक अन्य १० वटा स्थानीय तहमा रा.वा. बैङ्क लगायत विभिन्न प्राभेट बैङ्कहरुले सेवा दिई रहेका छन् । स्थानीय तह संचालन भएको एक वर्षको आसपास गाँउमा बैङ्क स्थापना नहुँदा हामीलाई स्थानीय तह आएको खास्सै अनुभव भएको थिएन “तल्कोट गाँउपालिकाका सर्मिला विकले भनिन् ढिलै भए पनि गाँउपालिका केन्द्रमा एभरेष्ट बैङ्को शाखा आएर बैङकिङ कारोबार भएपछि सेवा लिन सजिलो भएको छ । तल्काट गाँउपालिका जस्तै मष्टा गाँउपालिकामा राष्ट्रिय बाणिज्य बैङ्को स्थापना भएको छ भने सुर्मा गाँउपालिकामा एभरेष्ट बैङ्क, खप्तड छान्ना गाँउपालिकामा प्राईम बैङ्क, छविसपाथिभेरा र दुर्गाथलि गाँउपलिकामा कुमारी बैङ्क स्थापना भएका छन् ।

यसका साथै केदार स्युँ गाँउपालिकामा पनि २ महिना अघि ईनभेष्ट बैङ्क स्थापना भएको छ भने बुंगल नगरपालिकामा कृर्षि विकास बैङ्क र चिर विथ्थड गाँउपालिकामा नविल बैङ्कले सेवा दिएका छन् । सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकामा भने रा।वा बैङ्क लगायत अन्य प्राईभेट बैङ्हरुले पनि सेवा दिई रहेको छ । गाँउपालिका र नगरपालिकामा बैङ्क स्थापनाका लागि आफुले पटक पटक पहल गरे पनि थलारा गाँउपालिकामा आउने भनेको एनआईसि बैङकले हाल सम्म शाखा नखोलि दिएको थलारा गाँउपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए । यस्तै साईपाल गाँउपालिकामा एभरेष्ट बैङ्कले हालसम्म शाखा नखोलेको साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामिले बताए ।

यहाँका स्थानीय बासिन्दाले १० हजारको चेक साट्न पनि अहिले ३ दिन काट्नु पर्ने बाध्यता उस्तै रहेको उहाँको भनाई छ । जिल्लाकै सबै भन्दा दुर्गम ठाँउ भएका कारण र विद्युत सेवा नभएका कारण बैङ्किङ सेवा जान नसकेको वताईन्छ । दुई गाँउपालिका लगायत अन्य १० वटा स्थानीय तहका केन्द्रमा बैङ्क सुविधा भएपछि योजनाको रकम निकासा लगाए अन्य कारोवार गर्न सजिलो भएको सुर्मा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुष्कल बोहराले बताउनु भयो । बैङ्किङ सेवा संचालनमा आएपछि आफूहरुलाई पनि गाँउमा नै सरकार आएको अनुभुति भएको दौलिचौरका स्थानीय बासिन्दा कलक बोहराले वताए ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com