कर्णाली प्रदेश सरकारले सुर्खेतमा चिस्यान केन्द्र निर्माणको गर्ने



प्रकाशित मिति : Jan 18, 2019

सुर्खेत । कर्णाली प्रदेश सरकारले चिस्यान केन्द्र निर्माणको गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेत भेरीगङ्गा नगरपालिका–१० स्थित जनजागृति सामुदायिक वन क्षेत्रमा चिस्यान केन्द्र निर्माण गर्ने तयारी भईरहेको बताइएको छ ।

सङ्घीय सरकारले पनि वीरेन्द्रनगरमा चिस्यान केन्द्र स्थापना गर्न रु ५० लाख बजेट विनियोजन गरिसकेको छ । जग्गा छनोटसँगै चिस्यान केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध गराउन सामुदायिक वनलाई अनुरोध गर्ने तयारी भइरहेको हो । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भेरीगङ्गा नगरपालिकाको जडीबिसौने मदानेचौरमा चिस्यान केन्द्र बनाउन लागिएको जानकारी दिए ।

प्रदेश सरकारले चालू आवमा सुर्खेतमा प्रदेशस्तरीय चिस्यान केन्द्र निर्माण गर्न बजेट विनियोजन गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com