अन्जु र मनोजराज‍को स्वरमा ‘सम्झे पनि तिम्रो याद’ (भिडियो)



प्रकाशित मिति : Jan 18, 2019

काठमाडौं । ‘सम्झे पनि तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्लेको अभिनय गरेका छन् ।

गीतमा गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीले स्वर दिएका छन् । डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् सांगीतिक सहकार्य सुरु गरेका छन्। गजलकार सुरेश वाग्लेको शब्द रहेको यो गीतमा मनोराजले संगीत भरेका हुन्। गजलकार वाग्लेको ‘तिमी साथ भएपछि’ एल्बममा गीतलाई समावेश गरिएको छ।

गीतको भिडियोलाई निकेश खड्काे निर्देशन गरेका छन् भने सचिन सिँहले एरेन्ज गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com